समाज


कागेश्‍वरी मनोहरामा आगलागी हुँदा ५ लाखको क्षति

कागेश्‍वरी मनोहरामा आगलागी हुँदा ५ लाखको क्षति

नेपालखबर
साउन १४, २०८२ बुधबार १२:२९, काठमाडौँ

काठमाडौँको कागेश्‍वरी मनोहरामा लागलागी हुँदा झण्डै पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।

कागेश्वरी मनोहरा नगरपालिका- ५ मिलनचोकस्थित नारायण कृष्ण रसाईलीको साढे दुई तले घरमा लागलागी भएको हो। 

घरको छतमा जस्ताले  बनाएको टहरामा ग्याँस लिग भई आगलागी भएको प्रहरीले जनाएको छ। 

खबरपछि प्रहरी वृत्त बौद्धबाट प्रहरी नायव उपरीक्षक जयश्‍वर रिमालको कमाण्डमा खटिएका २० जना प्रहरीले स्थानीयवासी र दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएका छन्। 

आगलागी नियन्त्रणमा सशस्‍त्र प्रहरी, कागेश्‍वरी मनोहराका नगर प्रहरी, रामहिटी र दक्षिणढोकास्थित नेपाली सेनाको दमकल परिचालन गरिएको थियो।

आगलागीबाट जस्ताको टहरो पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad