समाज


राशिफल २० साउन : मीनको आत्मविश्वास बढ्ने, मेष विवादमा पर्ने, तपाईँको के?

राशिफल २० साउन : मीनको आत्मविश्वास बढ्ने, मेष विवादमा पर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
साउन २०, २०८२ मंगलबार ४:३७, काठमाडौँ

आज मङ्‌गलबार, २० साउन २०८२ (५ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: होसियारीपूर्वक काम गर्नुहोला, विवाद पर्नसक्ने सम्भावना छ। राज्यबाट दण्ड-जरिवाना हुन सक्छ। यात्रा गर्दा सावधानी अपनाउनु होला। घरपरिवारसँग समय बिताउँदा मनको भारी कम हुनेछ। हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ३२, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ।

वृष: निर्णय क्षमताले तपाईं प्रति सबै आकर्षित हुने छन्। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ।

मिथुन: सम्बन्ध, सन्तुलन र सौन्दर्य तपाईँका शुभ तत्त्व हुन्, जुन आज बलियो छन्। रोकिएका काम पनि सुरु हुने छन्। खर्च बढे पनि आम्दानी भन्दा बढी हुने छैन। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ। निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

कर्कट: गहिरो सोचले तपाईंलाई नयाँ दिशा दिन सक्छ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। धार्मिक कार्य तथा समाजसेवामा मन जानेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने बेला छ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

सिंह: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सेयर बजारमा विश्लेषण नगरी लगानी नगर्नुहोस्। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। नयाँ कार्यको योजना बन्नेछ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४६, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ७२ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ।

कन्या: अनुसन्धानमा लागिनेछ। नवीन विचार फुर्ने सम्भावना छ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। न्यायिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ। सामान्य स्वास्थ्य समस्याले भने सताउन सक्छ। घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ।

तुला: करिअरमै अर्थपूर्ण तर लामो समयदेखि रोकिराखेको काम आजबाट सुरु गर्न मिल्छ। कार्यसम्पादनमा मित्रजनको पूर्ण साथ रहनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ५० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१२, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ।

वृश्चिक: समय तपाईँको पक्षमा छ। नयाँ कामको सुरुआतका लागि दिन उपयुक्त छ। मनमा उत्साह छाउनुका साथै बोली पनि बिक्ला। प्रेम जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ।

धनु: विचार पुर्‍याएर निर्णय लिनु राम्रो हुन्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। मनको इगो हटाएर संवाद अघि बढाउनुहोस्, प्रेम सम्बन्धमा मिठास आउनेछ। भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

मकर: सौन्दर्य, आकर्षण र मिलनसारी तपाईँको भागमा परेको छ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। राज्यका ठूला व्यक्तिले तपाईँको मेहनतको कदर गर्नेछन्। विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

कुम्भ: घरपरिवारको समर्थनले नयाँ ऊर्जा दिनेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। वैदेशिक क्षेत्रको लगानी लाभदायक रहला। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ रातो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ४७, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।

मीन: पुरानो सम्बन्ध पुनर्जीवित हुनेछ। विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ। आत्मविश्वासले चम्काउने दिन परेको छ तर घमण्डले छेक्न सक्छ। प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad