समाज


तारकेश्वर नगरपालिका-११ का वडाध्यक्षसहित ११ जना पक्राउ

तारकेश्वर नगरपालिका-११ का वडाध्यक्षसहित ११ जना पक्राउ

नेपालखबर
साउन २०, २०८२ मंगलबार १४:२२, काठमाडौँ

काठमाडौँको तारकेश्वर नगरपालिका ११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन्। 

काठमाडौं महानगरपालिका र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादमा झडप हुँदा कुटपिट गरी घाइते बनाएको आरोपमा उनीविरुद्ध जाहेरी परेको छ। 

झडपमा घाइते भएका व्यक्तिले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि प्रहरीले पक्राउ पूर्जी लिएको थियो। पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि आफैँ निवेदनसहित उपस्थित भएका वडाध्यक्ष बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्रहरीले वडाध्यक्ष बस्नेतसहित ११ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई बालाजु प्रहरी वृत्तमा राखेर बयान लिइरहेको प्रहरीले जनाएको छ। १३ जनाविरुद्ध उजुरी परे पनि आज ११ जना एकसाथ बालाजु प्रहरी वृत्तमा उपस्थित भएको काठमाडौँ प्रहरी परिसरका एसपी कुलदीप चन्दले जानकारी दिए।

सीमा विवादमा दुई पक्षबीच असार २३ गते झडप भएको थियो। सोही विषयमा १३ जनाविरुद्ध काठमाडौँ महानगरपालिका १६ का स्थानीयले किटानी जाहेरी दिएका थिए।

अहिले उनीसँग सोधपुछको काम भइरहेको जिल्ला प्रहरी परिसरका डीएसपी मोहनमणी अधिकारीले बताए। 

तारकेश्वर नगरपालिका वडा नं ११ र काठमाडौं महानगरपालिका १६ को सीमाना पर्ने महादेव खोला किनारमा बाँध बनाउने विषयमा स्थानीयबिच झडप भएको थियो।

 सोही क्रममा केही व्यक्ति घाइते भएका थिए। बस्नेत कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad