अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले विशेष अदालतमा बुधबार आरोप-पत्र दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन्।
कार्यालय सहयोगी पौडेलले सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरी दिने, लिखित परीक्षामा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत वापत रकम माग गरेको आयोगको दाबी छ।
अख्तियारका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले पौडेललाई सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
1.7k
Shares

प्रतिक्रिया