जनमत पार्टीले पार्टीको नीति विरोधी गतिविधिमा लागेका, पार्टी विरोधी गुट/समूहको भेला वा बैठकमा जानेहरूको नाम सचिवालयमा पठाउन निर्देशन दिएको छ।
जनमत केन्द्रीय सचिवालयले विज्ञप्ति जारी गर्दै संगठनको सफलताको लागि पार्टी अनुशासन अपरिहार्य रहेको भन्दै यस्तो निर्देशन दिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘जनमत पार्टीले अनुशासन कडाइका साथ लागू गर्ने नीति लिएको र हरेक सदस्यले अनुशासन पालना गरे/नगरेको रिपोर्ट सदस्यता रेकर्डसँगै राख्ने निर्णय गरेको छ।’

75
Shares

प्रतिक्रिया