गृहमन्त्री रमेश लेखकले अबको ५ वर्षभित्रहरेक नागरिकले विपद् पूर्वसूचना प्राप्त गर्ने बताएका छन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनप्राधिकरणले बिहीबार आयोजना गरेको सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालालाई सम्बोधन गर्दै उनले ५ वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिमपूर्व सूचना प्राप्त गर्ने दाबी गरे।
‘सन् २०३० सम्ममा नेपालका प्रत्येकनागरिकले जोखिमको पूर्व सूचना प्राप्त गर्ने स्थितिको सुनिश्चितता गरिन्छ,’ लेखकले भने, ‘हामी अहिले त्यसको मार्गचित्र बनाउँदैछौँ। थोरै पछाडि परेका छौँ। अबको ५ वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्वसूचना पाउने सुनिश्चितता गर्छ।’
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले नेपाल बहुप्रकोपिय विपद्को जोखिममा रहेकाले सबैका लागिपूर्वसूचना प्राणालीलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुको विकल्प नरहेको बताए।
‘हाम्रा हिमतालहरुको अध्ययन गर्न जरुरी छ, तील गाउँ होस् वा थामेको घटना,चीनले सूचना नदिएको कारण होइन,’ उनले भने, ‘भोटेकोसीको बाढीमा चीनको सूचनाआवश्यक थियो। हाम्रो देशभित्रको अध्ययन अनुसन्धान हामीले गर्न जरुरी छ। अध्ययन गर्नेअनुसन्धानमा हाम्रो पहुँच पुर्याउन जरुरी छ। सही सूचना, सही समयमा पाउने संयन्त्रबनाउनआवश्यक छ। हाम्रा तथ्यांक संकलन गर्ने स्टेसन बढाउन आवश्यक छ। सूचनाप्रवाहको प्रणाली पनि अझ फराकिलो र प्रभावकारी बनाउन आवश्यक छ।’
Shares

प्रतिक्रिया