र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएकी पोखराकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ।
२७ दिनअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा बुधबार र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ भेटिएको थियो। ती महिला पोखरा–१२ ढिकालेथरकी हुन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको थप परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

प्रतिक्रिया