समाज


राशिफल २४ साउन : धनुलाई मिष्ठान्न भोजनको अवसर, मीनको नयाँ ठाउँमा प्रवेश, तपाईँको के?

राशिफल २४ साउन : धनुलाई मिष्ठान्न भोजनको अवसर, मीनको नयाँ ठाउँमा प्रवेश, तपाईँको के?

ज्यो. मेनुका दाहाल
साउन २४, २०८२ शनिबार ४:४२, काठमाडौँ

आज शनिबार, २४ साउन २०८२ (९ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: रोकिएका काम पुनः सुरु हुनेछन्। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। शुभ र मङ्गल कार्यको योग छ। सङ्गीतमा रुचि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

वृष: सुखदुःख रहनेछ। मित्रले व्यर्थको विवाद निकाल्ने छन्। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। अधुरो वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

मिथुन: शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। प्रियजनसँग भेटघाट होला। परिवारमा सुख र सन्तोष छाउनेछ। सामूहिक यात्रा रमाइलो हुनेछ। धार्मिक क्रियाकलापमा सहभागी भइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: घरमा अतिथिको आगमन हुनेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यमा सरिक भइनेछ। प्रेमी/प्रेमिकाबाट सहयोग मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

सिंह: धर्मकर्म, परोपकार र समाजसेवामा मन जानेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सामाजिक क्षेत्र र राजनीतिक कार्यमा सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: घर व्यवहारको समस्याले सताउनेछ। परिवारमा विश्वासको कमी आउन सक्छ, सचेत रहनुहोला। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। निर्णायक क्षमतामा कमी आउला। साँझमा कुनै न कुनै कुराले मन खुसी तुल्याउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला: नयाँ काम सुरु गर्ने समय छ। शुभकार्यको चर्चा चल्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल देला।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक: मनमा शान्ति छाउनेछ। अधुरो कार्य पूरा होला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुन सक्छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

धनु: मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। पुराना साथीभाइसित भेटघाट होला। प्रेमी/प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मकर: मनमा दुबिधा उत्पन्न हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। साँझमा शुभ समाचार मिल्नेछ। प्रेमीसँगको सम्बन्ध सुमधुर रहनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ५५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। आहारविहारमा सावधानी अपनाउनु राम्रो हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

मीन: नयाँ ठाउँमा प्रवेशको अवसर छ। त्यहाँबाट नयाँ ज्ञान सिक्ने मौका पनि मिल्ला। स्वादिष्ट भोजनको विशेष अवसर पनि मिल्ला। मनोरञ्जनमा सहभागी भइनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad