समाज


राशिफल २८ साउन : वृषको अधुरो काम बन्ने, कर्कटलाई गोप्य काममा सफलता, तपाईँको भाग्य कस्तो?

राशिफल २८ साउन : वृषको अधुरो काम बन्ने, कर्कटलाई गोप्य काममा सफलता, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
साउन २८, २०८२ बुधबार ४:३५, काठमाडौँ

आज बुधबार, २८ साउन २०८२ (१३ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: कार्य सम्पादनमा सहजता नमिल्ला। महत्त्वपूर्ण कार्यमा व्यवधान हुनेछ। स्वास्थ्यप्रति सजग रहनुहोला। धन खर्च हुन सक्छ। साँझमा भने आफन्तले सहयोग गर्नेछन्। घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ।

वृष: छोटो यात्रा हुनेछ। मानसम्मान मिल्नेछ। मित्रबाट विशेष सहयोग होला। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ। वैदेशिक काम बन्नेछन्। अधुरो काम पनि सम्पन्न होला। हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ।

मिथुन: पढाइ र करिअरमा दत्तचित्त हुने दिन हो। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेमीबाट विशेष सहयोग मिल्ला। सामाजिक कार्यमा सफलता मिल्नेछ। निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ।

कर्कट: गोप्य योजनामा लागिपर्न दिन उपयुक्त छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। राजनीतिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।

सिंह: घरपरिवारमा झैझमेलाको अवस्था आउला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ। प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ।

कन्या: अनलाइन कार्यले सफलता दिनेछ। रोकिएको कामले पूर्णता पाउला। राजनीति तथा समाजसेवामा मन लाग्नेछ। इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ। प्रेममा सफलता पाइएला। भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

तुला: आज नयाँ योजना बनाउने दिन हो। सिर्जनात्मक क्षेत्रको कर्म ऊर्जाशील रहनेछ। आफ्नै दक्षतामा विभिन्न काम सम्पन्न हुनेछन्। कृषि कार्यमा पनि सफल भइन्छ। विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ।

वृश्चिक: घरमा अतिथिको आगमन हुनेछ। टाढिएका मित्रसँग नजिकिने समय छ। कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। आफ्नो भावना प्रकट गर्दा प्रेममा सम्बन्ध प्रगाढ बन्छ। आफन्तको सहयोगले कामहरू अगाडि बढ्नेछन्। वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ।

धनु: अनावश्यक काममा सहभागिता जनाउनुपर्ने अवस्था आइलाग्छ। धन पनि खर्च होला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ प्राप्त हुनेछ। पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ।

मकर: अध्ययन तथा अनुसन्धानमा मन जानेछ। धनार्जनका नयाँ योजना बन्नेछन्। वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ। माया प्रेममा समीपता बढ्नेछ। घरपरिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ।

कुम्भ: तपाईँको आविष्कारले चर्चा पाउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

मीन: मानसिक चिन्ता बढे पनि कार्यमा हानि गर्ने छैन। अतिप्रिय व्यक्तिको यादले सताउन सक्छ। प्रतिस्पर्धीहरूले खुट्टा तान्ने प्रयास गर्ने छन्। रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad