समाज


जंगली च्याउको तरकारी खाँदा उदयपुरमा एकै परिवारका ८ जना बिरामी, ३ को अवस्था गम्भीर

जंगली च्याउको तरकारी खाँदा उदयपुरमा एकै परिवारका ८ जना बिरामी, ३ को अवस्था गम्भीर

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८२ बुधबार ८:७, काठमाडौँ

उदयपुरमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका आठजना बिरामी परेका छन्। 

चौदण्डीगढी नगरपालिका–९ अजगरामा विषालु जंगली च्याउकाे तरकारी खाँदा आठ जना बिरामी परेका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिरामी हुनेहरूमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा,  ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र वर्ष ५५ का लल्कु सदा छन्।

सदा परिवारले मङ्गलबार बिहान घर नजिकैकाे जंगलबाट ल्याएकाे च्याउकाे तरकारीसँग खाना खाएका थिए। त्यसपछि उनीहरूलाई बान्ता हुने, टाउकाे दुख्ने जस्ता समस्या देखिएकाे थियाे।

बिरामी मध्ये गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारकाे लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकाे छ। 

बाँकी पाँच जना बिरामीको नगर अस्पताल बेल्टारमै उपचार भइरहेकाे छ।

सदा परिवारले मङ्गलवार बिहान घर नजिकैकाे जंगलबाट ल्याएकाे च्याउकाे तरकारीसँग खाना खाएका थिए। त्यसपछि उनीहरूलाई बान्ता हुन थालेकाे थियाे।

चौदण्डीगढी नगरपालिकाका ९ का वडाध्यक्ष अध्यक्ष प्रकाश राउतले आर्थिक अवस्था कमजाेर रहेका सदा परिवारको नगरपालिकाले निःशुल्क उपचार गर्ने जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad