काठमाडौँको होटलमा कास्कीका युवक मृत फेला परेका छन्।
काठमाडौँ महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित होटल नुर एन्ड रेस्टुरेन्टको तेस्रो तलाको कोठा नम्बर ३०२ मा कास्की माछापुच्छ्रे गाउँपालिका-३ घर भएका २३ वर्षीय विपिन भुजेल मृत फेला परेका हुन्।
उनी गत साउन १९ गते देखि सोही कोठामा बस्दै आएका थिए। तर मंगलबार उनी सोही कोठाको अट्याच बाथरूममा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
306
Shares

प्रतिक्रिया