कोशी


सुनसरी कारागारबाट सामूहिक जबरजस्ती करणी मुद्दाका कैदी फरार

सुनसरी कारागारबाट सामूहिक जबरजस्ती करणी मुद्दाका कैदी फरार

नेपालखबर
साउन २८, २०८२ बुधबार १५:२२, विराटनगर

सुनसरी जिल्ला कारागारबाट सामूहिक जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद सजाय पाएका एक कैदी फरार भएका छन्। फरार हुने कैदी खोटाङको चुइचुम्मा गाउँपालिका–२ का २५ वर्षीय रूपक पौडेल खत्री भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले पुष्टि गरेको छ। 

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बिहानको कैदी गणना गर्दा खत्री भेटिन नसकेपछि फरार भएको आशङ्का गरिएको बताए। ‘बिहान काउन्ट गर्दा भेटिएन, फरार भएको हो कि भन्ने खालको कुरा आयो, छानबिन समिति गठन गरेका छौँ,’ उनले भने। 

घटनापछि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको नेतृत्वमा  छानबिन समिति गठन गरेको छ। समितिमा नेपाल प्रहरीका डिएसपी, सशस्त्र प्रहरीका डिएसपी, अनुसन्धान इन्स्पेक्टर र कारागार कार्यालयका नासु (सदस्य सचिव) रहेका छन्।

समितिले फरारको कारण, सुरक्षा कमजोरी र सम्भावित संलग्नताबारे अनुसन्धान सुरु गर्ने भनिएको छ। प्रमुख जिल्ला अधिकारी मिश्रले कारागारको सुरक्षा सशस्त्र प्रहरीको जिम्मामा रहेको छ र प्रारम्भिक रूपमा सुरक्षामा लापरबाही भएको आशङ्का गरिएको बताए।  

रूपक पौडेल खत्रीलाई अदालतलेले २०८१ चैत २५ गते सामूहिक जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै १३ वर्ष कैद सजाय सुनाएको थियो।  

खत्रीलाई  २०८१ साउन २१ गते कारागार चलान गरिएकाको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad