श्रीमती हत्या अभियोगमा विनयी त्रिवेणी गाउँपालिकाका ५० वर्षीय महेन्द्र पौडेल पक्राउ परेका छन्। श्रीमती ४७ वर्षीया गोमा पौडेलको हत्या अभियोगमा उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
घरायसी विषयलाई लिएर महेन्द्रले चक्कु प्रहार गरी गोमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी सर्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
57
Shares

प्रतिक्रिया