समाज


विदेशी विज्ञसहित काठमाडौँमा राष्ट्रिय फरेन्सिक सम्मेलन हुँदै

विदेशी विज्ञसहित काठमाडौँमा राष्ट्रिय फरेन्सिक सम्मेलन हुँदै

नेपालखबर
साउन ३१, २०८२ शनिबार ७:३८, काठमाडौँ

नेपालको फरेन्सिक चिकित्सा क्षेत्रमा क्रियाशील संस्था ‘मेडिको-लिगल सोसाइटी अफ नेपाल’ (मेलिसन) ले आगामी आइतबार र सोमबार (भदौ १ र २ गते) काठमाडौँमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

सम्मेलनको विषयवस्तु ‘न्याय र सार्वजनिक स्वास्थ्यका लागि फरेन्सिक चिकित्सा प्रणालीको सुदृढीकरण’ रहने उपाध्यक्ष डा. सिर्जना कुँवरले जानकारी दिइन्।

दुईदिने कार्यक्रममा देशभरका फरेन्सिक चिकित्सकसँगै भारत र श्रीलंकाका विज्ञहरूको पनि सहभागिता रहनेछ।

सम्मेलनको उद्घाटन स्वास्थ्य सचिव डा. विकास देवकोटाले गर्नेछन् भने विशेष अतिथि नेपाल प्रहरीका आईजीपी दीपक थापा रहनेछन्।

कार्यक्रमको पहिलो दिन उद्घाटनसत्रपछि वैज्ञानिक तथा शैक्षिक प्रस्तुति हुनेछन्।

सहभागी विदेशी विज्ञहरूले आफ्ना मुलुकका फरेन्सिक प्रणाली र अनुभव प्रस्तुत गर्ने डा. कुँवरले बताइन्।

दोस्रो दिन अन्तर्राष्ट्रिय रेडक्रस समितिले ‘डिजास्टरमा मृत शरीर व्यवस्थापन’ विषयमा छलफल गर्नेछ।

यसमा बेवारिसे र बेपत्ता व्यक्तिहरूको पहिचान, फर्म भर्ने प्रक्रिया र फरेन्सिक प्रमाणको व्यवस्थापनबारे प्रशिक्षण दिइनेछ।

मेलिसनका करिब ६० सदस्यसहित करिब १०० जनाको सहभागिता रहने सम्मेलनमा न्यायिक प्रमाण सुदृढीकरण, स्वास्थ्य प्रणालीमा फरेन्सिकको भूमिका र आगामी सुधारका उपायबारे छलफल हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad