कोशी


सुनसरी कारागारबाट फरार कैदी झापामा पक्राउ

सुनसरी कारागारबाट फरार कैदी झापामा पक्राउ

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८२ शनिबार ७:५०, विराटनगर

सुनसरी कारागारबाट फरार एक कैदीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोटाङको दिप्रुङचुचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० विराट पाेखरी नजिकबाट पक्राउ गरिएको हो।

जबर्जस्ती करणीका कसुरदार पौडेल २०८२ साउन २८ गते बिहान सुनसरी कारागारको पर्खाल उक्लेर भागेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पौडेललाई आज बिहान करिब ६ बजे लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

जबर्जस्ती करणी मुद्दामा पौडेलविरुद्ध सुनसरी जिल्ला अदालतले १३ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र पीडितलाई ३० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ। 

पक्राउ परेका पौडेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको झापा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad