समाज


वैशाखमा विहे गरेकी २४ वर्षीया युवती कोठामै मृत फेला

वैशाखमा विहे गरेकी २४ वर्षीया युवती कोठामै मृत फेला

नेपालखबर
भदौ २, २०८२ सोमबार १३:९, काठमाडौँ

बैतडीको एक  स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत फेला परेकी छन्।

पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत २४ वर्षीया भागरथी विष्ट मृत फेला परेकी प्रहरीले जनाएकाे छ।

बस्दै आएकाे कोठामा आइतबार राति ८ बजेतिर विष्ट झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए। पुर्चाैडी–१० चौमाला घर भएकी विष्टका श्रीमान् नेपाली सेनामा कार्यरत छन्।

गत वैशाखमा मात्रै उनीहरूको विवाह भएको थियो।

अनमी झुण्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएकाे छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad