झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–४, बर्नेस्थित मेची राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
इलामबाट बुधबारेतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ५५-८५०० नम्बरकाे स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३६६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।
दुर्घटनामा परेका मोटरसाइकल चालक बुद्धशान्ति-१ का ४६ वर्षीय ठाकुर अधिकारीलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकाेमा उपचारको क्रममासाँझ मृत्युु भएको प्रहरीले जनाएको छ।
अधिकारीको शव सोही अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
36
Shares

प्रतिक्रिया