समाज


पोर्चुगलमा कार्यरत नेपाली युवकको मृत्यु

पोर्चुगलमा कार्यरत नेपाली युवकको मृत्यु

नेपालखबर
भदौ ५, २०८२ बिहिबार ८:१६, काठमाडौँ

पोर्चुगलमा कार्यरत एक नेपाली युवकको मृत्यु भएको छ। 

रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका दोलखाको तामाकोशी गाउँपालिका- ६ निवासी ३२ वर्षीय अर्जुन आपागाईको मृत्यु भएको हो। 

उनको १० अगस्टमै मृत्यु भएको पारिवारिक स्राेतले जनाएकाे छ। आपागाईको शव हाल पोर्चुगलको बेजा अस्पतालमा राखिएको छ।  

उनको शव व्यवस्थापनका लागि ठूलो आर्थिक स्रोत आवश्यक परेको भन्दै भाइ शिवजी आपगाईले सहयोगका लागि समस्त पोर्चुगलवासी नेपालीमा अपिल गरेका छन्। 

पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघ-संस्थालाई पनि शव व्यवस्थापनमा  सहयोग गरिदिन परिवारजनले आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad