समाज


होटलमा बसेर लागु औषध बेचिरहेका ७  युवक पक्राउ

होटलमा बसेर लागु औषध बेचिरहेका ७  युवक पक्राउ

नेपालखबर
भदौ ५, २०८२ बिहिबार ९:१०, काठमाडौँ

चितवनबाट लागु  औषधसहित सातजना युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको हाे। भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा एकजना भारत विहार राज्यको  पश्चिम चम्पारण युवक रहेका प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad