समाज


मोटरसाइकलले ठक्कर दिँदा ९२ वर्षीया वृद्धाको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा ९२ वर्षीया वृद्धाको मृत्यु

नेपालखबर
भदौ ५, २०८२ बिहिबार ९:१५, मकवानपुर

मकवानपुमा मोटरसाइकलले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ।

मकवानपुरगढी गाउँपालिका– ३ को भित्री सडकमा  ना.४३ प २०४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साेही ठाउँकी ९२ वर्षीया नन्दकुमारी न्यौपानेको मृत्यु भएको हाे।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारका लागि उनलाई पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो। त्यहाँ चिकित्सकले शल्यक्रिया गर्न निमल्ने र अवस्था गम्भीर रहेको बताएपछि पुनः बिरामीलाई हेटौँडा लगिएको थियो। 

गएराति मकवानपुर सहकारी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। 

प्रहरीले मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका-३ मक्राञ्चुली बस्ने २४ वर्षीय सन्तोष थापा मगरलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad