नेपाल पत्रकार महासंघले महासंघ कोसी प्रदेश समितिले प्रदेश सभा भवन अगाडि गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपप्रति भर्त्सना गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार विज्ञप्ति प्रकाशित गरी प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रावधान समेटेर ल्याइएको आमसञ्चार विधेयकको विरोधमा पत्रकारहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका हुन्।
‘विधेयक सच्याएर ल्याउनुको साटो पत्रकारको आन्दोलन दबाउने सरकारी रबैया खेदजनक छ’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट शान्तिपूर्ण आन्दोलन गर्न पाउने संवैधानिक हक हनन भएको छ। अतः महासंघ शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर्नेहरूलाई कारबाही गर्न र पत्रकारको जायज माग पूरा गर्न सम्बद्ध पक्षसंग माग गर्दछ।’
महासंघले अन्यथा प्रदेश समितिले घोषणा गर्ने थप संघर्षका कार्यक्रमलाई देशब्यापी बनाउन बाध्य हुने चेतावनी पनि दिएको छ।
Shares

प्रतिक्रिया