समाज


हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीका दुवै सडक पहिरोले अवरुद्ध

गन्तव्यमा हिँडेका यात्रु रातभर अलपत्र
हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीका दुवै सडक पहिरोले अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
भदौ ७, २०८२ शनिबार ७:५१, काठमाडौँ

संघीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने छोटो दुरीका दुवै सडक पहिरोले अवरुद्ध भएका छन्।

पहिरोले कुलेखानी हेटौँडा र कान्तीलोकपथ दुवै सडक अवरुद्ध भएका प्रहरीले जनाएको छ। 

कान्तीलोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदि गाउँपालिका-८ भर्लेडाँडामा शुक्रबार साँझ पहिरो खस्दा यो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए। 

त्यसैगरि त्रिभुवन राजपथमा पर्ने भिमफेदी गाउँपालिकाको बागझुरामा पनि बाढीपहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको छ। 

अवरुद्ध दुवै सडकको पहिरो शनिबार बिहानबाट हटाउन सुरु गरिएको डीएसपी अर्यालको भनाई छ। 

पहिरोले सडक अवरुद्ध हुँदा यात्रुहरु रातभर यात्रुहरु बीच बाटोमै रोकिएका छन्।

बागझोरास्थित बाँदरभिरमा गएराति करिब १० बजेतिर पहिरो खसेपछि सयौँ सवारी साधन रातभर सो क्षेत्रमा रोकिएका छन्। 

सरकारले समयमै पहिरो पन्छाउने पहल नगरेको भन्दै यात्रीहरुले गुनासो व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad