रौतहटमा सुटकेसभित्र युवतीको शव फेला परेको छ।
गौर–सिरसिया सडकखण्डमा पर्ने गाैर नगरपालिका-९ स्थित दिव्यज्योति स्कुलको गेट नजिकै आज बिहान करिब २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।
हत्यापछि युवतीको शव सुटकेसमा हालेको अनुमान प्रहरीले गरेको छ।
‘शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएका छौँ,’ डीएपी कार्कीले नेपालखबरसँग भने, ‘घटनाको थप अनुसन्धान जारी छ।’
690
Shares

प्रतिक्रिया