जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (भदौ ८, आइतबार) कहाँ-कहाँ बाढीको खतरा छ भनेर जानकारी दिएको छ।
बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तल छ भने महाकाली नदीको बहाब सतर्कता तहआसपास छ। तर दिउँसो बढ्ने सम्भावना छ।
यसका अलावा आज सिन्धुपाल्चोक, रसुवा, धादिङ, लमजुङ र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने सम्भावना छ। जसका कारण आकस्मिक बाढी आई मध्यम जोखिम हुने सम्भावना उच्च रहेको बाढी महाशाखाले जनाएको छ।
यसैगरी आज नुवाकोट, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुगु, जुम्ला, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने सम्भावना छ। जसले गर्दा आकस्मिक बाढी आई मध्यम जोखिम निम्तिने सम्भावना मध्यम रहेको बाढी महाशाखाले उल्लेख गरेको छ।
उल्लिखित १६ जिल्लाका बासिन्दालाई सम्भावित खतराबाट बच्नका लागि सावधानी अपनाउन बाढी महाशाखाले सुझाव पनि दिएको छ।

Shares

प्रतिक्रिया