समाज


राष्ट्रपतिसँग विपिन जोशीका आमा बहिनीले गरे भेट

राष्ट्रपतिसँग विपिन जोशीका आमा बहिनीले गरे भेट

नेपालखबर
भदौ ८, २०८२ आइतबार १२:२२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन्। 

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशी इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका हुन्। 

यसअघि उनीहरूले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।  

विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तराष्ट्रिय स्तरमा पुगेको बताएका छन्। उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। 

आमा पद्माले आफ्नो छोरो निर्दोष विद्यार्थी भएको भन्दै रिहाइका लागि मानवीय दृष्टिले पहल गर्न राष्ट्रपतिसँग आग्रह गरेकी छन्। राष्ट्रपति पौडेलले पनि विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका छन्। 

प्रधानमन्त्री ओलीले शनिबार विपिनकी आमा र बहिनीसँगैको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनको रिहाइको लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad