समाज


राशिफल ११ भदौ : मिथुनको चित्त दुख्ने, कर्कटलाई सन्तान प्राप्ति, तपाईँको भाग्य कस्तो?

राशिफल ११ भदौ : मिथुनको चित्त दुख्ने, कर्कटलाई सन्तान प्राप्ति, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
भदौ ११, २०८२ बुधबार ४:३८, काठमाडौँ

आज बुधबार, ११ भदौ २०८२ (२७ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। लामो समयदेखि रोकिएको काम पुनः सुरु हुनेछ। चिताएको कामले तीव्रता लिन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, सेतो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

वृष: प्रतिष्ठित काम गर्ने मौका छ। धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ। रमाइलो यात्राको योग छ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। स्वादिष्ट भोजनको आनन्द पाइनेछ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, तामसिक भोजन नगर्ने।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

मिथुन: जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। अध्ययनमा त्यति ध्यान दिन नसकिएला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, खैरो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३६ प्रतिशत रहेको छ।

कर्कट: कुनै कुराले मनमा शान्ति छाउनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। प्राविधिक कार्यबाट बढी सफलता मिल्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। घरमा नयाँ सामान खरिद गरिएला। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, झुट नबोल्ने।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ।

सिंह: रोकिएका काम पूरा हुने छन्। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। नयाँ कार्य वा रोजगारीको अवसर आउला। वैदेशिक कार्य अघि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।

कन्या: हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। बजार घुम्ने अवसर मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर गर्दा सफलता मिल्ला। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने, दक्षिण दिशाको यात्रा नगर्ने।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ।

तुला: विवेकले काम नगर्न सक्छ। खानपिनमा सचेत रहनु नै उचित हुनेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नु पर्ला। भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, हरियो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

वृश्चिक: परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। छोटो दूरीको लाभदायक यात्रा होला। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। सेयर बजारको लगानीले राम्रै फाइदा देला। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

धनु: आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन्। आत्मबलमा वृद्धि हुनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रेमीसँग कुनै न कुनै माध्यमबाट भेटघाट हुनेछ। वित्तीय संस्था र सेयर बजारबाट राम्रै सफलता हात लाग्नेछ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, छलकपट नगर्ने।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।

मकर: धार्मिक यात्राको अवसर प्राप्त हुनेछ। पारिवारिक भेटघाटमा रमाइनेछ। मन पर्ने वस्त्र, अलंकार उपहार पाइएला। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। प्रेमी/प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, खरानी रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

कुम्भ: दैनिक काम बीचमै रोक्नुपर्दा आर्थिक भार पर्न सक्छ। अनावश्यक झमेलामा परिएला। शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। साँझमा सफल यात्राको योग छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, अखाद्य वस्तुको सेवन नगर्ने।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ।

मीन: लाभदायी यात्राको अवसर प्राप्त हुनेछ। धार्मिक यात्राको योग छ। घुमफिरमा आकर्षण बढ्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, उत्तर दिशा नजाने।

भाग्यशाली रङ रातो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६०, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad