समाज


कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु

कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु

नेपालखबर
भदौ ११, २०८२ बुधबार १६:५७, कञ्चनपुर

पुनर्वास नगरपालिका–१० दोदापुलस्थित सडकमा सुपप्र ०१–००८प ४९९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

सोही नगरपालिका–५ ‘ग’ गाँउ बस्ने १८ वर्षीय जयराज थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad