समाज


भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ कर्मचारी र दुई निर्माण व्यवसायीविरुद्ध मुद्दा

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ कर्मचारी र दुई निर्माण व्यवसायीविरुद्ध मुद्दा

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १७:१२, काठमाडौँ

जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसहित ५ जना कर्मचारी र दुई वटा निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको ३६ लाख २० हजार ५७८ रुपैयाँ १० पैसा हिनामिना गरेको आरोपमा बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अख्तियारले भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृति बहादुर थापाविरुद्ध आरोप पत्र दायर गरेको छ।

यस्तै, न्यु बीके/नहकुली जेभी तथा उक्त जे.भी.का साझेदारहरु न्यु बीके बुइल्डर्स एन्ड सप्लायर्सका प्रोप्राइटर गंगा कुमारी खड्का र नहकुली निर्माण सेवाका प्रोप्राइटर चित्र बहादुर बोहराविरुद्ध पनि आरोप पत्र दायर गरिएको छ।

भेरी नगरपालिकाले आ.व. २०८०।०८१ मा ६,९ र १० को वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानून विपरीतको कार्य गरी अनियमितता गरेको अख्तियारको ठहर छ।

जानी जानी लक्षित बोलपत्रदातालाई ठेक्का दिने नियोजित उद्देश्यले प्रतिस्पर्धामा भाग लिएका सारभूत रुपमा प्रभावग्राही देखिएका बोलपत्रदाताको प्रस्ताव मिलेमतोमा मूल्याङ्‍कनमा अनुत्तीर्ण गरी बोलपत्रमा भाग लिने ४ वटा बोलपत्रदाताहरूमध्ये ३ वटा बोलपत्रदाताहरूलाई अनुत्तीर्ण गरी प्रतिस्पर्धा सीमित गरी लक्षित बोलपत्रदाताले ठेक्का दिएको अख्तियारले दाबी गरेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad