समाज


आशिका तामाङ दोषी ठहर, ५ दिन कैद सजाय

आशिका तामाङ दोषी ठहर, ५ दिन कैद सजाय

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १८:२४, काठमाडौँ

भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित २ जनालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको छ। 

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र शरण तिरुवालाई आपराधिक उपद्रवको मुद्दामा दोषी ठहर गर्दै ५ दिनको कैद सजाय सुनाएको अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले नेपालखबरलाई जानकारी दिइन्।  
  
भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित साँगामा बनाएको झोलुङ्गे पुल वारपार गर्न शुल्क लिएको विषयमा तामाङले बोर्ड च्यात्ने, शुल्क उठाउन बसेका कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप थियो।  

उनीविरुद्ध नगरपालिकाले आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो।  

उनीहरूविरुद्ध ५ सय रुपैयाँ जरिवाना र ८ हजार ३ सय रुपैयाँ क्षतिपुर्ति तथा पीडित राहत कोषमा जनही २ सय रुपैयाँ भराउन अदालतले आदेश दिएको छ। 

अदालतले कैदसहितको सजाय सुनाए पनि आशिकाले भने आफ्नो फेसबुकमा आफूलाई भक्तपुर अदालतले सफाइ दिएको लेखेकी छन्। 

'भक्तपुर जिल्ला अदालतले प्रतिवादी आशिका तामाङलाई भक्तपुर जिल्ला को साँगामा अवस्थित झोलुङ्गे पुल तरेको २० रुपैयाँको विरोध गरेको केसमा आज मलाई न्यायाधीश ले सफाइ दिनु भएको छ' उनले फेसबुकमा लेखेकी छन्। 

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad