समाज


काभ्रेमा बाढीले बगाएर ११ वर्षीया बालिकाको मृत्यु, २३ वर्षीय युवक वेपत्ता

काभ्रेमा बाढीले बगाएर ११ वर्षीया बालिकाको मृत्यु, २३ वर्षीय युवक वेपत्ता

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८२ शुक्रबार ५:२८, काभ्रे

काभ्रेको पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ भने एक युवा सुनकोशी नदीमा बेपत्ता भएका छन्। 

पनौतिस्थित इलाका कार्यालय प्रमुख इन्चार्ज प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीका अनुसार खोलाले बगाएर मृत्यु भएको अवस्थामा ११ वर्षीया बालिकाको शव बिहीबार भेटिएको हो। 

शवको पहिचान भएको छैन।घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालिकाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ।
 
त्यसैगरी, काभ्रेकै दोलालघाटस्थित भोटेकोशी नदीमा एक युवा बेपत्ता भएका छन्। 

भुम्लु गाउँपालिका–१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई बिहीबार दिउँसो भोटेकोशीले बगाएको हो। नदीले बगाएको आफ्नो कुकर जोगाउने क्रममा उनी आफैँ नदीमा बेपत्ता भएका हुन्। 

प्रहरीका अनुसार भुम्लु–८ स्थित दुलालेश्वर मन्दिर नजिकै बस्दै आएका दर्जीको सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीद्वारा खोजीकार्य भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad