समाज


राष्ट्रिय अनुसन्धान विभागले माग्यो अधिकृत र सहायक गरी ९० कर्मचारी

राष्ट्रिय अनुसन्धान विभागले माग्यो अधिकृत र सहायक गरी ९० कर्मचारी

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८२ शुक्रबार ९:२२, काठमाडौँ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक गरि ९० पदको लागि दरखास्त आह्वान गरेको छ। 

विभागले आज सूचना जारी गर्दै नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो। 

विभाग तथा अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेको राजपत्रांकित तृतिय श्रेणी र राजपत्रांकित द्वितिय श्रेणी सरहका पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ। 

राजपत्रांकित तृतिय श्रेणी सरहको पदमा अनुसन्धान अधिकृत ४० जना र  राजपत्रांकित द्वितिय श्रेणी सरहको अनुसन्धान सहायकमा ५० जनाको लागि विभागले दरखास्त आह्वान गरेको हो। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असाेज १२ गतेसम्म दरखास्त दिन सक्नेछन्। दाेब्बर दस्तुरमा असाेज १९ गतेसम्म पनि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad