समाज


चितवनमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

चितवनमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा  एक जनाको मृत्यु

नेपालखबर
भदौ १६, २०८२ सोमबार १४:५६, मुग्लिन

चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग१२प ६९९२ नम्बरको मोटरसाइकल आज बिहान ९ः४० बजे चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।

घाइते चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्‍याइएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए। मृतकको पहिचान खुलेको छैन। 

अहिले दुवै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर नगरपालिका–११ का मनबहादुर बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad