भारतीय सेनाले नेपाली सेनालाई ‘टार्गेट प्राक्टिस ड्रोन’ दिएको छ।
नेपालस्थित भारतीय दूतावासका अनुसार सुनौलीस्थित एकीकृत जाँच चौकीमा आयोजित एक विशेष समारोहमा ६ वटा ‘टार्गेट प्राक्टिस ड्रोन’ हस्तान्तरण गरिएको हो।
त्यस्तै ‘ग्राउन्ड सपोर्ट इक्युपमेन्ट’ पनि हस्तान्तरण गरिएको बताएको छ।
भारतीय सेना नेपाली सेनाको क्षमता अभिवृद्धिलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताइएको छ।
यसअघि नेपाल भ्रमणका क्रममा पनि भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली सेनालाई गाडी, घोडा र कुकुर उपहार दिएका थिए।
192
Shares

प्रतिक्रिया