समाज


बाढीपहिरो: आज यी १३ सडक पूर्णरूपमा अवरुद्ध, ८ राजमार्ग एकतर्फी

बाढीपहिरो: आज यी १३ सडक पूर्णरूपमा अवरुद्ध, ८ राजमार्ग एकतर्फी

फाइल तस्बिर


नेपालखबर
भदौ १७, २०८२ मंगलबार १२:३४, काठमाडौँ

वर्षापछिको बाढी पहिरोको कारण आज पनि देशका १३ वटा सडक पूर्णरुपमा अवरुद्ध भएका छन्। त्यसैगरि आठवटा सडकमा एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ। 

आज सङखुवासभाको भोटखोला गाउँपालिकास्थित कोसी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकास्थित कोसी राजमार्ग पहिरो खस्दा अवरुद्ध भएको छ।

त्यसैगरि पहिरोले रसुवास्थित पासाङल्हामु राजमार्ग  पनि बन्द छ। गोसाईकुण्ड गाउँपालिकाको केही खण्ड तथा गल्छी–त्रिशुली–मैलुङ सडक पनि पूर्णरुपमा अवरुद्ध छ। 

त्यसैगरि ढोरपाटन-सालझण्डी, बेनी-दरवाङ सडक, भेरी करिडोर, कर्णाली राजमार्गअन्तर्गत जाजरकोटको छेडागाड र जाजरकोट–डोल्पा सडकखण्ड पनि बन्द अवस्थामा रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad