सरकारले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्षे विकास ऋणपत्र २०९१ ‘ग’ बिहीबार निष्काशन गर्ने भएको हो।
यसका लागि कार्यालयले खरिदकर्तालाई सूचना निकाली बोलकबोल पेस गर्न भनेको छ।
यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरुले भाग लिनसक्ने कार्यालयले जनाएको छ।
कार्यालयको वेबसाइटबाट यसमा सहभागी हुन सकिनेछ।
15
Shares

प्रतिक्रिया