समाज


लहानमा आमा–छोरा मृत फेला, श्रीमान् सम्पर्कविहीन

९ महिनाका छोरा गम्भीर
लहानमा आमा–छोरा मृत फेला, श्रीमान् सम्पर्कविहीन

नेपालखबर
भदौ १७, २०८२ मंगलबार २०:१, काठमाडौँ

सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका १ मटिअर्वामा २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षका छोरा एरोन मृत फेला परेका हुन्।

९ महिनाका अर्का छोराको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक दीपककुमार सिंहले बताए। रञ्जिता झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनका जेठा छोरा एरोन भने खाटमुनी मृत भेटिएको प्रहरीले जनाएको छ। 

९ महिनाका छोराको प्रादेशिक अस्पताल लहानबाट सप्तऋषि अस्पताल रेफर गरिएको छ। उनको अवस्था गम्भीर रहेको पनि सिंहले बताए।

उनीहरू लहान नगरपालिका-१२ भोटिया टोलमा डेरामा बस्दै आएका थिए। 

घरभित्रबाट चुकुल लगाएको अवस्थामा घटना भएको थियो। सोही घरमा डेरा बस्ने व्यक्तिले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी पुगेर ढोका खोलेको थियो। 

दुई जना बच्चालाई विष सेवन गराएको र रञ्जिताले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।

उनका श्रीमान प्रविण चौधरी भने बाहिरै बस्दै आएका थिए। उनी दुई तीन दिनमा घर आउने गरेको भएपनि पछिल्लो समय घरमा नआएको खुलेको प्रहरीले बताएको छ। 

उनको खोजी कार्य भइरहेको सिंहले बताए। मृतक दुवै जनाको शव प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad