सिरहाको मिर्चैयाबाट दिक्तेल जाँदै गरेको ट्रकका सहचालकको बाटोमै मृत्यु भएको छ।
उदयपुरको कटारी नगरपालिका ३ सिम्लेका ३२ वर्षीय जीवन बरुवाल एक्कासी गाह्रो भयो भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ ऐसेलुखर्कस्थित मध्येपहाडी लोकमार्गमा ओर्लिएका थिए।
त्यसपछि रगत बमिट गरेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।
आवश्यक प्रक्रियापछि शव पोष्टमार्टमका लागि कटारी अस्पताल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ।
21
Shares

प्रतिक्रिया