ग्लोबल


अफगानिस्तानमा फेरि भूकम्प, मृतकको संख्या १४०० नाघ्यो

अफगानिस्तानमा फेरि भूकम्प, मृतकको संख्या १४०० नाघ्यो

अफगानिस्तानमा भूकम्पका कारण भताभुंग घरहरू।


नेपालखबर
भदौ १७, २०८२ मंगलबार २०:४९, काठमाडौँ

अफगानिस्तानमा फेरि भूकम्प गएको छ।

सञ्चारमाध्यमका अनुसार मंगलबार दक्षिण-पूर्वी भागमा ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि आइतबार राति मात्र अफगानिस्तानको जलालाबादमा ६.० म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पका कारण मृत्यु भएकाको संख्या अहिलेसम्म १४११ पुगेको छ भने घाइतेको संख्या ३२५० भन्दा बढी पुगेको छ।

समाचार एजेन्सी एपीका अनुसार आइतबार राति भूकम्प आउँदा अधिकांश मानिस सुतिरहेका थिए, जसका कारण उनीहरू भवनको भग्नावशेषमुनि पुरिए। 

अफगानिस्तानको तालिबान सरकारले विश्वभरबाट सहयोग मागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad