समाज


प्रहरी हुँ भन्दै खानतलासी गरेर मोबाइल लुटपाट, दुई आरोपी पक्राउ

प्रहरी हुँ भन्दै खानतलासी गरेर मोबाइल लुटपाट, दुई आरोपी पक्राउ

नेपालखबर
भदौ १७, २०८२ मंगलबार २०:५७, काठमाडौँ

काठमाडौँमा आफूलाई प्रहरी बताएर कोठा खानतलासी गर्ने बहानामा मोबाइल लुटपाट गरैको आरोपमा दुईजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा कैलालीको बडी बर्दगोरिया गाउँपालिका २ घर भइ काठमाडौँको बानियाटार बस्ने वर्ष २९ को हेमराज ढुङ्गाना र कैलालीकै जोशीपुर गाउँपालिका १ का वर्ष ३१ को बिनोद केसी रहेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार उनीहरूले यही भदौ १६ गते साँझ बालाजु बाईपास एरियामा प्रहरी हुँ भनि मानिसहरूको कोठा भित्र पसि खानतलासी गर्ने बहानामा मोबाइल लुटपाट गरेका थिए।

उनीहरूलाई लुटपाटका मोबाइलहरू सहित नियन्त्रणमा लिइ काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी अपील राज बोहराले बताए।

उनीहरूको साथबाट ओप्पो कम्पनीको मोबाइल थान १, सामसङ कम्पनीको मोबाइल थान- १, रेड्मी कम्पनीको मोबाइल थान- १,रेल्मी कम्पनीको मोबाइल थान- १ र भिभो कम्पनीको मोबाइल थान १ बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad