समाज


मोटरसाइकलको ठक्करबाट ७४ वर्षीय वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट ७४ वर्षीय वृद्धको मृत्यु

नेपालखबर
भदौ १८, २०८२ बुधबार १९:४३, काठमाडौँ

रूपन्देहीमा मोटरसाइकलको ठक्करबाट ७४ वर्षीय वृद्धको ज्यान गएको छ।

बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित सडकमा रंगशाला पथबाट मगरघाटतर्फ जाँदै गरेको लु.३७ प ७३८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७४ वर्षीय किसन श्रेष्ठको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad