समाज


भुटानी शरणार्थी प्रकरणको सुनुवाइ रोकियो, तत्काल फैसला नआउने

भुटानी शरणार्थी प्रकरणको सुनुवाइ रोकियो, तत्काल फैसला नआउने

नेपालखबर
भदौ १८, २०८२ बुधबार १९:५४, काठमाडौँ

प्रमुख दलका केही ठूला नेता तथा उच्च प्रशासकहरूसमेत जोडिएको भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनुवाइ रोकिएको छ।

निरन्तर सुनुवाइमा राखी मुद्दा टुंग्याउने गरी बुधबार पेसी तोकिएको भए पनि न्यायाधीश ध्रुवराज कार्कीको इजलासले केही अवधि व्यतीत भएपछि मात्र पेस गर्दा आदेश गरेको छ।

‘एक जना प्रतिवादीले म्याद गुजारेको पाइयो र उनले अझै थाम्न पाउने अवधि बाँकी नै देखियो,’ जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठले भने, ‘अब थाम्न पाउने अवधिसम्म कुर्नुपर्ने भयो।’

यस प्रकरणका अभियुक्त शम्शेर मियाँले तारिख गुजारेको देखिएको तर तारिख थाम्ने अवधि बाँकी नै हुँदा उक्त अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नू भनी इजलासबाट आदेश भएको हो। मियाँ हज कमिटीका अध्यक्ष थिए।

पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत यस मुद्दाका अभियुक्त छन्।

उनीहरूले नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा समावेश गरी अमेरिका पठाउने भन्दै ठूलो रकम असुलेका थिए। यस क्रममा गृह मन्त्रालयले गराएको अध्ययन समितिमै घुसपैठ गरेको र प्रतिवेदनमा समेत किर्ते गरेकोपाइएको थियो।

उनीहरूका विरूद्ध सार्वजनिक लिखत किर्ते, ठगी, राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी अभियोग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad