नेपाल बाल संगठनले चारजना बालबालिकाको लागि हकदाबी गर्न आह्वान गरेको छ।
बाल संगठनले आज सूचना जारी गर्दै बालगृह नक्साल र बाल मन्दिर काठमाडौँमा संरक्षित रहेकी चार वर्षीया पूर्णिमा तामाङ, ११ दिनका बालक उमंग, अन्दाजी चार वर्षीया दीपशीखा र अन्दाजी ६ वर्षीया बालिका अस्मिता राईको हकदाबीका लागि आह्वान गरेको हो।
उल्लेखित नाम संरक्षणको क्रममा बालबालिकालाई बाल संगठनले नै राखिएको नाम हो।
बाल संगठनले उनीहरूको तस्बिरसहित आज सूचना जारी गर्दै ती बालबालिकाका बाबुआमा या कुनै नातेदार, संघसंस्था वा जो कोहीले पनि निज बालबालिकाको हकदाबीका लागि आग्रह गरेको हो।
हेर्नुहोस् सूचना


60
Shares

प्रतिक्रिया