राजनीति


सरकारले सामाजिक सञ्जाल बन्द गर्न लागेको हो? शंकर पोखरेलले गरे यस्तो संकेत

सरकारले सामाजिक सञ्जाल बन्द गर्न लागेको हो? शंकर पोखरेलले गरे यस्तो संकेत

नेपालखबर
भदौ १९, २०८२ बिहिबार १०:२५, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल बन्द हुनसक्ने संकेत गरेका छन्। 

आज उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै दर्ता हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुनसक्ने संकेत गरेका हुन्। 

उनले लेखेका छन्, ‘सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ। सुखद अनुभूति हुनेछ!’

नेपालमा दर्ताबिनै सञ्चालनमा रहेका भन्दै सरकारले सबै सामाजिक सञ्जाललाई दर्ता हुन हिजोसम्मको समय दिएको थियो। 

तर, यस अवधिसम्म कुनै पनि सामाजिक सञ्जाल दर्ताको लागि सरकारको सम्पर्कमा आएका छैनन्। आफ्नाे आह्वानलाई बेवास्ता गरेका सामाजिक सञ्जाललाई सरकारले अब के गर्छ, आम नागरिकले चासाेका साथ हेरेका छन्।

सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य दर्ताका लागि भन्दै सातदिने सूचना निकालेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad