समाज


प्रहरीले भन्यो- अब ध्वनि प्रदूषण गरे ३ लाखसम्म जरिबाना (सूचनासहित)

अनावश्यक रूपमा खोक्न र राति अबेर प्रेसर कुकरमा सिठ्ठी लगाउनसमेत निषेध
प्रहरीले भन्यो- अब ध्वनि प्रदूषण गरे ३ लाखसम्म जरिबाना (सूचनासहित)

नेपालखबर
भदौ १९, २०८२ बिहिबार १२:१४, काठमाडौँ

नेपाल प्रहरीले विभिन्न मानवीय क्रियाकलाप गर्दा उत्पन्न हुने ध्वनी प्रदूषण कम गर्न नागरिकलाई सचेत गराएको छ। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले आज सूचना जारी गर्दै ध्वनि प्रदूषण नगर्नेतर्फ ध्यान दिन नागरिकलाई सचेत गराएको हो। 

ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेकोसमेत प्रहरीले जनाएको छ। 

ध्वनि प्रदूषणका कारण खासगरी गर्भवती महिला, मुटु रोगी एवम् वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्नुका साथै सर्वसाधारण जनताको सामाजिक, आर्थिक क्रियाकलाप तथा नैतिक मूल्य मान्यतासमेत प्रभावित हुने प्रहरीको भनाइ छ।

प्रहरीले फाेन गर्दा आवाज कम गर्न वा हेडफाेन प्रयाेग गरेर कुरा गर्न अनुराेध गरेकाे छ।

त्यसैगरि अबेरसम्म ठूलाे स्वरमा गफगाफ र म्युजिक बजाएर नाचगान नगर्न, भान्सामा भाँडाकुँडाबाट ठूलाे आबाज ननिकाल्न, राति गेट ढकढकाउने र बेल बजाउने कार्य नगर्न, अनावश्यक खाेक्ने र खकार्ने नगर्न, माेटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलाे आवाज ननिकाल्न, राति शाैचालयमा फल्स नगर्न, राति अवेर वा बिहान सबेरै प्रेसर कुकरमा सिठ्ठी  लगाउने कार्य नगर्न, सडकमा अनावश्यक हल्लाखल्ला नगर्न, धार्मिक वा सांस्कृतिक कार्यक्रम गर्दा ध्वनी नियन्त्रण गर्न, आफूले पालेका कुकुर, कुखुरा आदिबाट छिमेकी र वातावरणलाई अशान्त नगर्न पनि प्रहरीले अनुराेध गरेकाे छ।

हेर्नुहाेस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad