सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ।
कमलामाई नगरपालिका-९ स्थित बीपी राजमार्गमा गएको मंगलबार महोत्तरीको बर्दिबासबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ग.२ ख ११४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा.६० प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका युवकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मोटरसाइकलको पछाडि सवार भारतीय युवक १८ वर्षीय सागर आलमको उपचारको क्रममा काठमाडौँको केएमसी अस्पतालमा मृत्यु भएको हो। आलम काठमाडौँमै बस्दै आएका थिए।
सो दुर्घटनामा मोटरसाइकल चालक काभ्रेका १८ वर्षीय सौगात माझीको सोही दिन सिन्धुली अस्पतालमा मृत्यु भएको थियो।
बस चालकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी गरेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया