काठमाडौँको वसुन्धरामा खुकुरी प्रहार गरेर फरार भएका तीन जनालाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको छ।
२०८२ साउन १२ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५ बाहुनधारास्थित सडक खण्डमा सामूहिक रुपमा खुकरी प्रहार गरेर एक व्यक्तिलाई घाइते बनाएका थिए।
जिल्ला अदालत काठमाडौँले उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको थियो। त्यसपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका १ बाँसखर्कका २८ वर्षीय लोप्साङ बम्जन, नुवाकोटको शिवपुरी गाउँपालिका १ का २६ वर्षीय सुमन तामाङ र नुवाकोटको शिवपुरी गाउँपालिका १ का ३० वर्षीय कुमार तामाङ रहेका छन्।
उनीहरूलाई पक्राउ गरेर अपराध अनुसन्धान कार्यालयको टोलीले थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा पठाएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।
Shares

प्रतिक्रिया