समाज


एसईई उत्तीर्ण विद्यार्थीहरूलाई मेधा स्कुलको सम्मान, ४ जीपीए ल्याउनेले पाए ५०-५० हजार

एसईई उत्तीर्ण विद्यार्थीहरूलाई मेधा स्कुलको सम्मान, ४ जीपीए ल्याउनेले पाए ५०-५० हजार

नेपालखबर
भदौ २२, २०८२ आइतबार १९:४, काठमाडौँ

भक्तपुरको टेखापुखुस्थित मेधा सेकेन्डरी स्कुलले एसईई (माध्यमिक शिक्षा परीक्षा) उत्तीर्ण विद्यार्थीहरूलाई नगद पुरस्कार र पदकबाट सम्मानित गरेको छ।

सूर्यविनायकस्थित अजिमा पार्टी प्यालेसमा शनिबार आयोजित सम्मान कार्यक्रममा मेधा स्कुलले जीपीए ४ प्राप्त गर्ने विद्यार्थीहरूलाई पदक र ५०-५० हजार रुपैयाँ दिएको हो।

त्यस्तै गरी ३.६१ देखि ३.९९ (ए प्लस) प्राप्त गर्ने विद्यार्थीहरूलाई १०-१० हजार रुपैयाँ प्रदान गरियो।

यस्तै ‘ए प्लस’ भन्दा कम प्राप्त विद्यार्थीहरूलाई पनि पदक, माला, टीका र समूह फोटोबाट सम्मानित गरिएको थियो। 

मेधा स्कूलबाट २०८१ सालमा एसईईमा सामेल ९३ जना विद्यार्थीमध्ये अनुष्का पक्का, प्रियंका बोगटी, उत्कर्ष सिंह र कुसाता श्रेष्ठले ४ जीपीए ल्याएका थिए।

त्यस्तै ६२ जनाले ए प्लस, २६ जनाले ३.२१ देखि ३.६० (ए) र १ जनाले ३.२० (बी प्लस) प्राप्त गरेका थिए।

एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिंदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षाबाहेक विद्यार्थीहरुमा देशप्रतिको प्रेम जगाउनुपर्ने आवश्यकतामा जोड दिए। 

त्यस्तै मेधा सेकेन्डरी स्कूल व्यवस्थापन समितिका अध्यक्ष राजकृष्ण गोराले एसइई उत्तीर्ण विद्यार्थीहरुलाई आफ्नो जन्मभूमिको समृद्धि र विकासको लागि आफ्नो ज्ञान, सीप र विवेक प्रयोग गर्न आह्वान गरे। 

त्यस्तै, मेधा सेकेन्डरी स्कूलका प्रधानाध्यापक श्याम हाडाले मेधा स्कूलले गत एक दशकदेखि उत्कृष्ट एसइई नतिजा हासिल गर्दै आएको बताउँदै सो सफलता स्वर्गीय प्रधानाध्यापक गंगाधर हाडाको सुदृढ दृष्टि, शिक्षकहरूको समर्पण, विद्यार्थीहरूको परिश्रम र सचेत अभिभावकहरूको समर्थनको कारणले भएको बताए। 

२००४ स्थापना भएको यो स्कूलले २०३४ सालमा पहिलो पटक एसएलसीमा सहभागिता जनाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad