कास्कीको पोखरा महानगरपालिका-२८ आरुपाटास्थित लेखनाथ आधारभूत विद्यालयमा लायन्स क्लब अफ पोखरा कालिका भ्यू टाउनका अध्यक्ष पुस्पराज त्रिपाठीले आफ्नो जन्मदिनको अवसर पारेर एक लाख एक रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन्।
सोही अवसरमा उनले ७ जना विद्यार्थीलाई विद्यालय पोशाक र ३२ जना विद्यार्थीलाई ट्र्याकसुट सेट हस्तान्तरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्टिक ३२५ ऐम नेपालका डिस्टिक गभर्नर पिमजेफ धनिराम बराल रहेका थिए।
कार्यक्रममा कलस्टर ३ प्रमुख दिलु तिवारी, दिनेश बाबु खड्का, नारायण अधिकारी, चन्द्रा शर्मा, लायन्स सदस्यहरु, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति, अभिभावक संघ, बुद्धिजीवी तथा विद्यार्थीहरुको सहभागिता थियो।
51
Shares

प्रतिक्रिया