समाज


जेनजीको प्रदर्शन चर्किएपछि वीरगन्जमा पनि कर्फ्यु

जेनजीको प्रदर्शन चर्किएपछि वीरगन्जमा पनि कर्फ्यु

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०८२ सोमबार २०:५५, काठमाडौँ

जेनजी पुस्ताको आन्दोलन चर्किएपछि पर्साको वीरगन्ज क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। 

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार साँझ चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्। 

जेनजी पुस्ताले सोमबार दिउँसो वीरगन्जमा पनि प्रदर्शन गरेका छन्। 

सोमबार राति नौ बजेदेखि भोलि (मंगलबार) बिहान नौ बजेसम्म वीरगन्जमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ जस्ता क्रियाकलाप गर्न नपाइएने सूचनामा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad