अभिनेता राजेश हमालले आज (२३ भदौ, २०८२) को दिन नेपालको इतिहासमै सबैभन्दा पीडादायी भएको बताएका छन्।
आज (सोमबार) काठमाडौँसहित देशका विभिन्न स्थानमा भएको जेन-जी आन्दोलनमा सरकारले दमन गर्दा २० भन्दा बढी युवा मारिएका छन्।
यसप्रति अभिनेता हमालले पनि गहिरो दु:ख प्रकट गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौँ, उनीहरूको वर्तमानसमेत खोसिरहेका छौँ। म विदेश यात्रा गर्दैछु। नेपाली भएकोमा यति लाज महसुस मैले कहिले गरेको थिइनँ।आजको दिन नेपालको इतिहासमा सबैभन्दा पीडादायी दिन बनेको छ।’
सन् १९९७ देखि २०१२ भित्र जन्मिएकाहरू अर्थात् २८ वर्षमुनिका व्यक्तिहरूलाई जेन-जी अर्थात् जेनेरेसन-जेड भनिन्छ। उनीहरूको नेतृत्वमा आज आन्दोलन गरिएको हो।
Shares

प्रतिक्रिया